जहदा गाउँपालिकाको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ।

जहदा गाउँपालिका

जाहदा गाउँपालिका नेपालको प्रदेश नं १ को मोरङ जिल्लामा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा धनपाल गाउँपालिका, पश्चिममा बिराटनगर महानगरपालिका ,उत्तरमा कटहरी  गाउँपालिका र दक्षिणमा  भारत सँग सिमाना जोडिएको छ । भातिगन्ज , मझारे , जह्दा , बुधनगर , माहादेवकोल , पोखरिया  मिलेर संयुक्त रुपमा  जहदा गाउँपालिकाको निर्माण वि.सं  २०७४सालमा भएको हो ।यस गाउँपालिकाभित्र जम्मा ७ वटा वडाहरु रहेका छन   । यस  गाउँपालिकाको कार्यालय लक्ष्मीनिय   चौक स्थित (साबिक ५ नं वडा कार्यालय  भवनमा )  अवस्थित छ ।  ६२.३८ वर्ग कि० मि० क्षेत्रफल ओगटेको यस गाउँपालिकाको जनसंख्या वि.सं  २०७४  को तथ्यांकनुसार  ४१,८१५ रहेको छ ।

बसाई सराई जाने/आउने दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यलय
सेवा शुल्क: 
50
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२) बसाई सराई गरी जानेको हकमा परिवारको आधिकारिक विवरण सहित सम्बन्धित वडा कार्यालयबसाईसराईको कागजात
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५) जाने/आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
७) सरसफार्इ कार्डको प्रतिलिपी/सक्कल प्रमाण

प्रक्रिया: 

१) घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए एक घर परिवारको सदस्यले
२) एकजनाकोमात्र बसाई सराई भए निजले सूचना दिने
३) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने
४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।