जहदा गाउँपालिकाको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ।

जहदा गाउँपालिका

जाहदा गाउँपालिका नेपालको प्रदेश नं १ को मोरङ जिल्लामा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा धनपाल गाउँपालिका, पश्चिममा बिराटनगर महानगरपालिका ,उत्तरमा कटहरी  गाउँपालिका र दक्षिणमा  भारत सँग सिमाना जोडिएको छ । भातिगन्ज , मझारे , जह्दा , बुधनगर , माहादेवकोल , पोखरिया  मिलेर संयुक्त रुपमा  जहदा गाउँपालिकाको निर्माण वि.सं  २०७४सालमा भएको हो ।यस गाउँपालिकाभित्र जम्मा ७ वटा वडाहरु रहेका छन   । यस  गाउँपालिकाको कार्यालय लक्ष्मीनिय   चौक स्थित (साबिक ५ नं वडा कार्यालय  भवनमा )  अवस्थित छ ।  ६२.३८ वर्ग कि० मि० क्षेत्रफल ओगटेको यस गाउँपालिकाको जनसंख्या वि.सं  २०७४  को तथ्यांकनुसार  ४१,८१५ रहेको छ ।

व्यक्तिगत घटना दर्ता के हो ?

व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।

व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ ।

सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको गाउँ विकास समिति वा नगरपालिका ।

Pages