FAQs Complain Problems

समाचार

घर जग्गा नामसारी

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, वडाका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यलय
सेवा शुल्क: 
३००
आवश्यक कागजातहरु: 

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२)निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
७) कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ ।

//