समाचार
भूउपयोग योजनाको कित्तागत वर्गीकरर्णको विवरण स्वीकृत गरिएको सूचना
प्रस्तुत विषयमा जहदा गाउँपालिकाको स्थानीय भूउपयोग परिपद्को मिति २०८३/०५/१८
गते बसेको बैठक निर्णयानुसार भूउपयोग ऐन, २०७६ तथा भूउपयोग नियमावली, २०७९ मा भएको व्यवस्था
अनुसार भूउपयोग परिषद्ले तयार गरेको जहदा गाउँपालिकाको सिमाक्षेत्र भित्रका कित्तागत वर्गीकरणको विवरण
प्रचलित कानून बमोजिम प्रमाणित गरी रितपूर्वक स्वीकृत गरिएको साथै माथिल्लो निकायहरुमा कार्यान्वयनको
लागि विवरणहरु पठाइएको व्यहोरा सम्बन्धित सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित
गरिएको छ।
